२०८० जेष्ठ १९, शुक्रबार
दोलखा । सोतका अनुसार नयाँ दिल्ली भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड इन्दौरबाट सडक मार्ग हुँदै उज्जैनका लागि प्रस्थान गरि सकेका छन् । इन्दौरको देवी अहिल्याबाई होल्कर विमानस्थलमा अवतरण गरी दाहाल उज्जैनका लागि हिँडेका हुन् । उज्जैनको महाकालेश्वर मन्दिरमा बिहान ११ बजेदेखि उज्जैनको महाकालेश्वर मन्दिरमा विशेष पूजाका लागि दाहाल त्यता जान लागेका हुन् । पूजापछि दाहालले महाकाल कोरिडोरको अवलोकन गर्ने सुचना प्राप्त भएको छ।
प्रधानमन्त्री प्रचण्ड १ बजे पुनः सडक मार्गबाट इन्दौर फर्किने र मध्य प्रदेशका राज्यपाल मंगूभाई पटेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको जानकारी रहेको छ । त्यस पछि दाहालले इन्दौरको सॉलिड वेस्ट मैनेजमेंट सिस्टमको अवलोकन गर्नेछन् भने साँझ ७ बजे मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले दाहालको सम्मानमा दिने रात्रि भोजमा सहभागी हुनेछन् ।
शनिवार बिहान टाटा कन्सल्टेन्सी सर्भिस र इन्फोसिस स्पेसल इकोनोमी जोनको अवलोकन भ्रमण गरी प्रधानमन्त्री प्रचण्ड दिउँसो २ बजे दिल्ली फिर्ता हुनेछन् र अपराह्न ३ बजे दिल्ली एयरपोर्ट पुगेर ४ः२० बजे काठमाडौँका लागि प्रस्थान गर्नेछन् ।
© 2023, Online Bulletin