
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले दुई देशबीच उपलब्धिजनक सम्झौता नहुने बुझेरै भारत भ्रमणमा नगएको बताएका छन्।
काठमाडौंमा खिजिदेम्बा हुँदै नयाँ पर्यटन पथमार्ग शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले आफूले हेलिकप्टर पनि नचढ्ने र दुई देशबीचको सम्झौता उपलब्धिमुलक नहुने भए विदेश भ्रमण नजाने प्रण गरेको बताए।
उनले ओखलढुंगाको खिजिदेम्बामा गल्फले पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको बताए। ‘हेलिकप्टर चढिएन? भयो के? यतिसम्म भयो कि ठूला व्यापारी धनाढ्य घरानाले त उडाउने नै भए। कति हो कति हुँदो रहेछ, पर्यटन मन्त्रालय उड्नुपर्ने’, उनले भने, ‘७० वटा जति देशबाट त निमन्त्रणा आयो। भ्रमण पनि जान्न भन्दिएँ।’
उनले उपलब्धिमुलक नहुने भएपछि आफू भारत भ्रमण पनि नगएको जानकारी दिएका छन्।
© 2023, Online Bulletin