बालेन शाहलाई बेल्जियम जान मन्त्रीपरिषद्ले दियो अनुमति


Krishna Budhathoki

बुधबार, जेष्ठ २४, २०८०

२४ जेष्ठ २०८०, बुधबार
दोलखा । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई बेल्जियम भ्रमणमा जान अनुमति दिएको छ।

सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले आगामी जेठ २९ देखि ३२ सम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने मेट्रो पुलिस वर्ल्ड कङ्ग्रेस र अर्बन समिटमा शाहलाई भाग लिनका लागि बैठकले स्वीकृति प्रदान गरिएको जानकारी दिइन्।

त्यसैगरी विद्युतीय व्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेस गर्नको निम्ति मन्त्रिपरिषद्ले स्वीकृति दिएको जानकारी दिनु भयो।

सम्बन्धित खबर