भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो


अनलाईन बुलेटिन संवाददाता

शनिबार, जेष्ठ २०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

प्रधानमन्त्री दाहालले भारत भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।

आफ्नो निम्तो ग्रहण गरेपछि प्रधानमन्त्री मोदीले अनुकूल समय मिलाएर भ्रमणमा आउने बताएको समेत प्रधानमन्त्री दाहालले जानकारी दिए।

‘भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४, २०१८ र २०२२ मा नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपाल भ्रमणलाई ठूलो महत्व दिएको बताउँदै उपयुक्त समयमा भ्रमण गर्ने जवाफ दिनुभएको छ,’ प्रधानमन्त्री दाहालले भने।

प्रधानमन्त्री दाहाल जेठ १७ मा ४ दिने भारत भ्रमणमा गएका थिए।

उनी शनिबार साँझ ६ बजे स्वदेश फर्किएका हुन्। उनले भ्रमण परिणाममुखी रहेको बताएका छन्।

सम्बन्धित खबर