पछिल्लो समयमा धोबी बगर दाइको लोभि नजर , ए मेरो बाबा , चकचके माया , ए मुना , साचो माया जस्ता लोकप्रिय गीत र इन्द्रेणी देखि विभिन्न लाइभ दोहोरी गाएर चर्चामा आइ रहेका गायक ओम सेन्चुरीले फेरि अर्को गीत “छुट्को बालापन” सार्वजनिक गरेका छन।
बिगतका बालापनका रमाइलो ती पल र अहिले बाध्यता ले प्रदेशमा जानू परेको र ज्यान बिरानो मुलुकमा रहे पनि तिनी बिगतका रमाइलो बालापन र साथी भाइको झलको सधै आउने जस्तो कुरालाइ प्रस्तुति गरेको गीत उनै युवा गायक ओम सेन्चुरीको एकल आवाज रहेको छ सोही गीतमा शब्द प्रदेशी गुल्मेली सर्जक दधिराम खरेलको रहेको छ, भने संगीत र संगीत सम्योजन कपिल राके मगरको रहेको छ।
स्टुडियोमै खिचिएको भिडियोमा उनै सेन्चुरिको लिपसिङ रहेको छ र असिम बिक को निर्देशनमा तयार पारिएको उक्त गीत उनै गायक ओम सेन्चुरीकै अफिसियल युटुब च्यानल om century बाट गत मगलबार ३.३० मा सार्वजनिक गरिएको हो।
© 2023, Online Bulletin