अभिभावक


Krishna Budhathoki

मङ्लबार, बैशाख १२, २०८०

तिम्रा उद्धेश्यहरू के छन् ?
अनि लक्ष्य के छ र ?
तिमी सगँ भएको क्षमतालाई
प्रस्फुटन गर्न के कुराले रोकेको छ ,
हो म तिम्रो अभिभावक


मलाई मन छ मेरो हिसाबले तिमी
त्यही बन जुन म चाहान्छु।
तर यो मेरो जिद्दीपन तिम्रो
सपनाको रोकावट बन्न सक्छ
जाऊ तिमीलाई मैले स्वतन्त्रता दिएँ।


सपना सजाउन मलाई जत्तिकै तिमीलाई
पनि स्वतन्त्रता छ ,
तर तिमीले मैले दिएको स्वतन्त्रताको
सही सदुपयोग गरिदिनु ,
सपनाहरू देख्नको निमित्त मात्र हैन पूरा
गर्नका लागि पनि हुन्,
त्यसैले केही कुराको अभावमा
तिम्रो सपना छुट्न सक्दैन ,
कोसिस सधैं गर
र धैर्यताका साथ तिमी सपनाको सारक्षित बुझ्न तिर लाग ।

कविता राउत
धन्यवाद

सम्बन्धित खबर