श्रीच्छा प्रधानलाई मिस नेपाल २०२३ को उपाधि


onlinebulletin

शनिबार, जेष्ठ १३, २०८०

काठमाडौं, १३ जेठ । सन् २०२३ को मिस नेपाल सृच्छा प्रधान बनेकी छिन्।

सृच्छाले २४ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै मिस नेपाल २०२३ को उपाधि विजेता बनेकी हुन्।

आज(शनिबार) गोदावरीको सनराइज हलमा भएको फाइनलमा सृच्छाले मिस नेपाल २०२३ को उपाधि जितेकी हुन्।

सृच्छालाई गतवर्ष २०२२ की मिस नेपाल प्रियंकारानी जोशीले ताज लगाई दिएकी हुन्।

यस्तै, रैना मजगैया मिस नेपाल अर्थ र प्रसिद्वी शाह मिस नेपाल इन्टरनेशनल घोषित भएकि छिन्।

सम्बन्धित खबर