काठमाडौंबाट बैंग्लोर उडेको निगमको जहाज काठमाडौं नै फर्कियो


अनलाईन बुलेटिन संवाददाता

शनिबार, जेष्ठ १३, २०८०


काठमाडौंबाट बैंग्लोरका लागि उडेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज काठमाडौंमै फर्किएको छ।

एयरलाइन्सको उडान नम्बर २२५ को न्यारोबडी जहाजले १ बजेर ४५ मिनेटमा बैंग्लोरका लागि उडान भरेको थियो।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाज करिब आधा घन्टाअघि विमानस्थलमा अवतरण गरेको हो।

जहाजमा चरा ठोकिएको प्रारम्भिक अनुमान गरिएको छ।

सम्बन्धित खबर