सेयर बजारको वृद्धिमा निरन्तरता


अनलाईन बुलेटिन संवाददाता

बिहिबार, जेष्ठ २५, २०८०

मंगलबारदेखि बढेको सेयर बजारले आज पनि निरन्तरता दिएको छ। बिहीबार नेप्से परिसूचक ७.२७ अंकले बढेको छ।

आज नेप्से ०.३८ प्रतिशतले बढेर १९३९.६१ बिन्दुमा बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६३५ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३१ रुपैयाँमा सीमित भएकाु छ।

यस दिन २७३ वटा धितोपत्रको ५९ लाख ६२ हजार ९३ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार दोल्ती पावको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य २८७ रुपैयाँ १० पैसा पुगेको छ।

यसैगरी, रिभर फल्स पावरको सेयर मूल्य सर्वाधिक ६.६४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २९९ रुपैयाँ ७० पैसामा झरेको छ।

यस्तै, खप्तड लघुवित्तको सेयर मूल्य ३.९४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८६६ रुपैयाँ ५० पैसामा सीमित भएको छ।

सम्बन्धित खबर