जब यात्रुले जहाजभित्रै चुरोट सल्काउन खोजे….


अनलाईन बुलेटिन संवाददाता

बिहिबार, जेष्ठ २५, २०८०

कोरियन एयरको नेपाल उडानका क्रममा चुरोट र लाइटर निकालेको भन्दै एक नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कारवाही गरेको छ।

झापा घर भएका ती युवकले तलतल लागेर उडिरहेको जहाजको शौचालय पुगेको रिपोर्ट आएको विमानस्थलले जनाएको छ।

पछि ‘नो स्मोकीङ’को संकेत देखे लगत्तै आफूसँग भएको चुरोट र लाइटर चालकदललाई बुझाएका थिए।

उक्त एयरका चालक दलले यही रिपोर्ट विमानस्थल कार्यालयलाई बुझाएपछि नियम अनुसार कारवाही अघि बढाइएको हो।

सम्बन्धित खबर