कविताको कविता: कस्ता उम्मेदवार ?


Krishna Budhathoki

सोमवार, बैशाख ११, २०८०

चुनावले छाएको छ देशभरि चर्चा
पुग्न थालेका छन अरे घरघरमा पर्चा
सोची बुझी चुन्नुपर्छ यहि हो बेला हाम्रो
पञ्च बर्ष काट्नु छ है सोच्नु अहिले राम्रो ।। १ ।।

वितेका ती विगतमा नफर्किनु अहिले
कुन सत्ताले के गर्यो नसम्झिनु पहिले
चुन्नुस अब राम्रो मान्छे नयाँ सोचको साथमा
नयाँ यूवा जागरुत्ता स्वतन्त्रचा पार्न ।। २ ।।

समृद्धिको नाममा देशको भूमि पनि बेचे
मातृत्वलाई सम्पत्तिमा तुलना नि गरे
अब हामीले जोगाउनु छ अस्तित्व देशको
टेकी यहीँ धरामा जगेडा गर्नु छ यही धरोहराको ।। ३ ।।

धेरै वित्यो कार्यकाल धेरै देख्यौँ हामीले
अब सोच्नुस् कस्तो मान्छे सत्तामा पुर्याउने अहिले
नयाँ यूवा नयाँ सोचलाई प्राथमित्तामा राख्ने पो हो कि
देशको समृद्धि देशकै कर्णधारहरुलाई सुम्पिने पो हो कि ।। ४ ।।

समर्थन गर्नुपर्छ राम्रो सोचलाई हामीले
पछि फेरि पछुतो नरहोस् है कहिले
युवा पलायन रोक्नुपर्छ देश विकासका निम्ति
त्यसैले नी राम्रो उम्मेदवार छान्नु पर्छ पर्छ अहिले ।। ५ ।।

सम्बन्धित खबर