
होटल तथा पर्यटन क्षेत्रको कम्पनी नेपाल हस्पिटालिटी एण्ड होटल लिमिटेडले साधारण सेयर (आइपीओ) ल्याउने भएको छ। यसका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको सोमबार भएको बैठकले आइपीओ ल्याउने प्रस्ताव पारित गर्न असार १३ गते सभा गर्ने निर्णय गरेको हो।
साधारण सभा काठमाडौंको वसन्तपुरस्थित कम्पनी रजिस्टर्डको कार्यालयमा दिउँसो १ बजेबाट संचालन गरिने छ।
सभामा कम्पनीले पब्लिक सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ।
यसका साथै संचालक समितिको पुनर्गठन गर्ने, संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्त गरि पारिश्रमिक नियुक्त गर्ने लगायत विभिन्न प्रस्तावहरु पनि सभाबाट पारित गरिने छ।
© 2023, Online Bulletin