
घोराही सिमेन्टले जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ।
कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न लागेको हो। यसले १ सय अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरेर आइपीओ निष्कासन गर्न लागेको हो।
यस कम्पनीले ४३५ रुपैयाँ दरको कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ सर्वासाधारणको लागि निष्कासन गर्न लागेको हो। यसअघि यस कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री गरिसकेको छ।
यसमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा आइपीओ बिक्री नभएमा असार १४ गतेसम्म बिक्री खुला राख्ने छ।
घोराहीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ।
© 2023, Online Bulletin