हवाई यात्रुका लागि कोभिड मापदण्ड फुकुवा


अनलाईन बुलेटिन संवाददाता

बुधबार, जेष्ठ १७, २०८०

सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि लागू हुँदै आएको कोभिड मापदण्ड फुकुवा गरेको छ।

पर्यटन मन्त्रालयले विश्व स्वास्थ्य संगठनले जारी गरेको सिफारिसलाई आधार मानेर कोभिडमा जारी भएको मापदण्ड नै खारेज गरेको जनाएको छ।

नागरिक उड्डयन प्राधिकरणले मन्त्रालयले जारी गरेको पत्र अनुसार मुलुकमा उडान गर्दै आएका आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई यो सुचना जारी गरिसकेको छ।

सम्बन्धित खबर