ज्ञानेन्द्र शाही : भ्रष्टाचारको सबै फाइल खोलेर कारबाही प्रक्रिया अघि नबढाए संसद् चल्न दिँदैनौँ


Krishna Budhathoki

बुधबार, जेष्ठ १०, २०८०

२०८० जेष्ठ १०, बुधबार
दोलखा । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरि रहेका छन् ।

बुधवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समय बोल्दै उनले अख्तियारमा भ्रष्टाचारको फाइलमा धुलो लागेर बसेकाले अब ती फाइल खोलेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको हो ।

कर्णालीको विकासका लागि पैसा नभएको जवाफ दिने सरकारले ती भ्रष्टाचारको फाइल खोलेर दोषीबाट पैसा असुलेर राज्यको कोषमा दाखिला गर्नुपर्ने भनाइ छ ।

यदि भ्रष्टाचारको सबै फाइल खोलेर छानबिन र कारबाही प्रक्रिया अघि नबढाए सदन र सडकबाट सङ्घर्ष गर्ने भन्दै उनले सदन पनि चल्न नदिने चेतावनी दिए ।

सम्बन्धित खबर