दक्षिण कोरिया जाने नेपाली कामदारलाई प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी


Krishna Budhathoki

बुधबार, जेष्ठ ३, २०८०

२०८० जेठ ०३, बुधबार
दोलखा । दक्षिण कोरिया जाने नेपाली कामदारहरूलाई अवैध रूपमा प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी भइरहेको पाइएको छ ।

ललितपुरमा रहेको इपीएस कोरिया शाखाको कार्यालय परिसरमा दक्षिण कोरिया जाने नेपाली कामदारहरूलाई अवैध रूपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएको थियो। सिमकार्ड निःशुल्क रूपमा वितरण भइरहेको भए ता पनि कोरिया घुम्न गएका केहि विदेशीहरूले छोटो समय प्रयोग गरेर छाको सिमकार्ड वितरण गरेको पाइएको हो ।

अवैध रूपमा कोरियाको प्रिपेड सिमकार्ड बिक्री वितरण भइरहेको गुनासो आएसँगै गत पुस ४ गते प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई अनुगमन गरी कारबाही गर्न अनुरोध गर्दै पत्र काटेको जानकारी दिए । कटुवालले सिमकार्ड वितरण कार्य नरोकिए पछि पुनः वैशाख ३१ गते दोस्रो पटक प्रहरीलाई जानकारी दिएको बताए ।

सिमकार्ड वितरण निःशुल्क वितरण गर्ने भनिए पनि रिचार्ज गर्ने नाममा प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म उठाउने गरेको पाइएको ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिएका थिए । अवैध रूपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएपछि कार्य रोक्न नेपाल प्रहरी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लगायत सम्बन्धित निकायलाई जानकारी दिएको थियो ।

ईपीएस कोरिया शाखाका निर्देशक कटुवालले कार्यालय परिसर वरपर बीमा, फोटोकपी, प्रिन्टिङ्ग लगायतका कार्यहरू बजार मूल्य भन्दा चर्को शुल्क लिई ठगी गर्ने गरेको जानकारी प्राप्त भएको थियो । त्यस्तै ठगी कार्य तत्काल रोक्न सम्बन्धित निकायलाई अनुरोध गरिएको बताए ।

सम्बन्धित खबर