२० बैशाख २०८०,बुधबार
दोलखा । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेन बिच भेटवार्ता भएको छ। कम्बोडियाको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र प्रधानमन्त्री हुनसेनका बिच शिष्टाचार भेटवार्ता भएको थियो।
‘गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पूरा भई सञ्चालनमा आइसकेकोले नेपाल र कम्बोडिया बीच सिधा हवाई सम्पर्क स्थापित गर्न आवश्यक ठानेका छन् ।
कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुन सेनले सिधा हवाई सेवा सञ्चालनका आफ्नो देश सकारात्मक रहेको र गौतम बुद्धले देखाउनु भएको शान्ति र अहिंसाको बाटोका कारण बौद्ध धर्मका अनुयायीहरू विश्वभर बढेको अवस्थामा यसले शान्तिको सन्देश फैलाउन सहयोग पुग्ने विश्वास दुवै जनाको रहेको थियो। नेपाल र कम्बोडियाले इतिहास र वर्तमानमा द्वन्द्वलाई नजिकबाट देखेका भोगेको हुनाले द्वन्द्व पछिको अनुभव आदान प्रदान गर्न दुई पक्षीय सम्बन्ध विस्तारमा पनि जोड दिइएको जानकारी हुन आएको छ।
© 2023, Online Bulletin