प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिँदै


Krishna Budhathoki

मङ्लबार, पुस २६, २०७९

काठमाडौं, पुस २६

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदबाट विश्वासको मत लिँदैछन्।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा शीर्ष नेताले सम्बोधन गरिरहेका छन्।

७ दलको समर्थनमा गत पुस १० गते नेकपा माओवादी केन्द्रका संसदीय दल नेतासमेत रहेका प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए।

संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त हुने व्यवस्थाअनुसार प्रचण्ड प्रधानमन्त्री बनेका थिए। 

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री बनाउन प्रचण्डलाई समर्थन गरेका थिए।

केही स्वतन्त्र सांसद गरी १६९ सां‌सदको प्रचण्डलाई समर्थन थियो।

सम्बन्धित खबर