जनमत पार्टीको संसदीय दलको नेतामा सिके राउत चयन


Krishna Budhathoki

सोमवार, पुस ४, २०७९

पुस ४

जनमत पार्टीको संसदीय दलको नेतामा चन्द्र कान्त (सिके) राउत चयन भएका छन्। 

सोमबार  पार्टी कार्यालय बुद्धनगरमा बसेको बैठकले उनलाई सर्वसम्मति रूपमा संसदीय दलको नेतामा चयन गरेको सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिए।

यस्तै, उपनेतामा अब्दुल खान, मुख्य सचेतकमा अनिता साह, सचेतकमा गोमा लाभ सापकोटालाई चयन गरिएको छ।

त्यसैगरी, सदस्य-सचिवमा विनिता कुमारी सिंह र  कोषाध्यक्षमा सोनु मुर्मुलाई चयन गरिएको छ।

सम्बन्धित खबर