जयरानीले राष्ट्रिय कीर्तिमानसहित जितिन् सय मिटर हर्डल्समा स्वर्ण


Krishna Budhathoki

सोमवार, अशोज ३१, २०७९

 असोज ३१, काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको महिला सय मिटर हर्डल्समा त्रिभुवन आर्मीकी जयरानी थारुले कीर्तिमानसहित स्वर्ण जितेकी छिन्।

उनले १५.१६ सेकेन्डका साथ स्वर्ण जितिन्। उनले आफ्नै कीर्तिमान तोडेर नयाँ कीर्तिमान बनाएकी हुन्। यसअघि उनले १५.२० सेकेन्डको समयका साथ स्वर्ण जितेकी थिइन्।

यो स्पर्धामा आर्मीकै निर्मला थापाले १६.२५ सेकेन्डका साथ रजत र एपिएफकी भगवती कुमारी थारुले १९.१३ सेकेन्डका साथ कास्य जितिन्। 

११० मिटर पुरुष हर्डल्समा त्रिभुवन आर्मीका जीवन चौधरीले स्वर्ण जितेका छन्। उनले १५.०३ सेकेन्डमा दौड पूरा गरे। यस्तै नेपाल पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डका साथ रजत र आर्मीका रामप्रसाद थारुले १६ सेकेन्ड समयका साथ कास्य जिते।

सम्बन्धित खबर