
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तयारी सुरु गरेको छ।
१५ जेठमा सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गरेसँगै राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी सुरु गरेको हो।
राष्ट्र बैंकले मौद्रिक नीतिसाँग सम्बन्धीत आफ्नो राय/सुझाव उपलब्ध गराउन आह्वान गरेको छ।
‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भए बमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएकोमा आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिसँग सम्बन्धित आफ्ना राय/सुझावहरु यस बैंकको आर्थिक अनुसन्धान विभागको देहायको ठेगानामा २०८० असार १० भित्र उपलब्ध गराइदिनुहुन अनुरोध छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ।
© 2023, Online Bulletin