उडिरहेको जहाजभित्र भिडियो र फोटो खिच्ने बुद्ध एयरका पाइलट परे कारबाहीमा


अनलाईन बुलेटिन संवाददाता

सोमवार, जेष्ठ २२, २०८०

नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरका एक पाइलटलाई कारबाही गरेको छ।

प्राधिकरणकाअनुसार हवाई सुरक्षामा आँच आउने गतिविधि गरेकाले ती पाइलटलाई कारबाही गरिएको हो।

जहाज उडानका क्रममा ती पाइलटले फोटो र भिडियो खिचेको उजुरी परेसँगै ‘एक्टिभ ड्युटी’ बाट हटाइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

उनकाअनुसार यस विषयमा प्राधिकरणले पाइलटसँग स्पष्टीकरण सोधेको छ।

सम्बन्धित खबर