रावा इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


अनलाईन बुलेटिन संवाददाता

सोमवार, जेष्ठ २२, २०८०

रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा आवेदन दिने आज सोमबार जेठ २२ गते अन्तिम दिन हो।

लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो।

यसले ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० कित्ता आइपीओ जारी गरेको हो। यसमध्य १०% अर्थात् ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ। साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँट गरेको थियो।

उक्त समयमा स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गरेको हो। यसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ।

बाँकी ६ लाख ४३ हजार ६६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। सीडीएसका अनुसार जेठ २१ गतेसम्म ८ लाख ६९ हजार ६४५ जनाले ९५ लाख ८६ हजार ४०० कित्ताका लागि आवेदन दिइसकेका छन्। यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १४.८९ गुणा बढी आवेदन हो।

यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ।

सम्बन्धित खबर