१४ लाखले घट्यो हुन्डाई आयोनिक-५ को मूल्य


अनलाईन बुलेटिन संवाददाता

आइतवार, जेष्ठ २१, २०८०

हुन्डाईको विद्युतीय गाडी आयोनिक-५ को मूल्य घटेको छ।

नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोनिक-५ मा एकैपटक १४ लाखले मूल्य घटाउँदै नयाँ मूल्य सार्वजनिक गरेको हो।

नयाँ सूची अनुसार हुन्डाई आयोनिक-५ को मूल्य एक करोड दुई लाख ९६ हजार रूपैयाँ तोकिएको छ। यसभन्दा अघि यो गाडीको मूल्य एक करोड १६ लाख ९६ हजार रूपैयाँ थियो।

सरकारले १०० किलोवाट क्षमताभन्दा माथिका गाडीमा लाग्ने कर घटाएसँगै कम्पनीले गाडीको मूल्य घटाएको हो। आयोनिक-५ १२५ किलोवाट क्षमताको हो। हालसम्म कम्पनीले ५० वटा भन्दा धेरै आयोनिक-५ बिक्री गरिसकेको छ।

सम्बन्धित खबर