
आन्दोलनरत सेयर लगानीकर्ताहरु आइतबार बिहानै अर्थमन्त्री डा. प्रकाशशरण महतको घर घेराउ गर्न पुगेका छन्।
लगानीकर्ताहरू केहीबेर नारा जुलुस र धर्ना गरेर फर्किएको एक लगानीकर्ताले बताए।
लगानीकर्ताहरुले आझै ब्रोकरहरूको टीएमएस बन्द गर्ने कार्यक्रम पनि सार्वजनिक गरेका छन्।
पुँजीगत लाभकरलाई नै अन्तिम कर कायम गरिनुपर्ने लगायतका माग राखी लगानीकर्ता आन्दोलनमा होमिएका हुन्।
© 2023, Online Bulletin