सुनकोशीमा जीप खस्दा सीटीईभीटीईका तीन कर्मचारी वेपत्ता


Krishna Budhathoki

शुक्रबार, जेष्ठ १९, २०८०

२०८० जेष्ठ १९, शुक्रबार
दोलखा । मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । आज जीप नदीमा खस्दा जीपमा सवारमा रहेका तीन जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीका कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको जीप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो ।

जीपमा चार जना सवार रहेको र एक जना जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था अज्ञात रहेको बताए ।

सम्बन्धित खबर