
कुथेली बुखरी स्मल हाइड्रोपावरले आज शुक्रबार (जेठ १९ गते) देखि आइपीओ निष्कासन गरेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँको १०% अर्थात १ करोड २१ लाख ८६ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गेरेको हो।
कम्पनीले १ सय अंकित मूल्यमा १ लाख २१ हजार ८६८ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि बिक्री खुला गरेको हो।
उक्त आइपीओमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडाहरु) तथा भिमेश्वर नगरपालिका वडा नं. १ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडाहरु) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १०% ले हुने १२ लाख १८ हजार ६ सय रुपैयाँ बराबरको सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको छ।
जसअनुसार प्रतिसेयर १ सय अंकित दरले १२ हजार १८६ कित्ता साधारण सेयरमा विदेशमा रोजगार गरिरहेका नेपालीहरुले आवेदन दिन सक्नेछन्।
दुवै समूहका लगानीकर्ताले आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।
आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले यसमा असार १ गतेसम्म आवेदन दिन सक्नेछन्।
© 2023, Online Bulletin