
सेयर लगानीकर्ताहरूले बिहीबार (भोलि)आन्दोलन घोषणा गर्ने भएका छन्।
नयाँ बजेटमा पूँजी बजारलाई नकारात्मक असर पार्ने गरी करसम्बन्धी व्यवस्था गरिएको विरोधमा भोलि आन्दोलन गर्न लागेका हुन्।
सेयर लगानीकर्ताहरुका अगुवा नेता तिलक कोइरालाले फेसबुक पोष्ट मार्फत आन्दोलनको तयारी गर्न भोलि विहान १० बजे कमलपोखरीमा लगानीकर्ताहरूको भेला आह्वन गरेका छन् ।
भेलामार्फत आन्दोलनको स्वरूप र कार्यक्रम घोषणा गरिने बताइएको छ।
सेयर बजारमा लगाइदै आएको पूँजीगत लाभकरलाई आयकर ऐनको आय सिमासँग जोडेर वार्षिक आयको ३९ प्रतिशतसम्म कर असुल्ने गरी सरकारले नयाँ बजेट ल्याएपछि लगानीकर्ताहरू आन्दोलनको तयारीमा जुटेका हुन्।
© 2023, Online Bulletin