प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै


अनलाईन बुलेटिन संवाददाता

बुधबार, जेष्ठ १७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्ने उनको सचिवालयले बताएको छ।

मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरू पाँच जना मन्त्रीहरु पनि सहभागी छन्।

टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाललगायत छन्।

उक्त टोली जेठ यही जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ।

सम्बन्धित खबर