सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।


Krishna Budhathoki

बुधबार, बैशाख २०, २०८०

२० बैशाख २०८०,बुधबार
दोलखा । आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।

‘दिउँसो ३ बजे सत्ता गठबन्धनमा रहेका ५ दलको बैठक बालुवाटारमा बस्दै छ’, प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सनाले भने अनुसार, ‘नीति कार्यक्रम र सरकार विस्तारबारे छलफल हुने ।’

उपनिर्वाचन पछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी छ । तर, रास्वपाले गृह मन्त्रालय सहित साविकका मन्त्रालय पाए मात्रै सरकारमा जाने अडान राखेको छ । यदि रास्वपा सरकारमा आए गठबन्धनमा रहेका दलबीचको भागबन्डामा साटफेर हुन सक्ने देखिन्छ ।

सम्बन्धित खबर