प्रधानमन्त्री प्रचण्डको भनाई सरकार पाँच वर्ष चल्छ, यताउता हुन्छ भन्ने भ्रममा नपर्दा हुन्छ ।


Krishna Budhathoki

सोमवार, बैशाख १८, २०८०

१८ बैशाख २०८०, सोमबार
दोलखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास गरेका छन् ।

प्रधानमन्त्री भने, “रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता निलिने छाट्काट र सम्झदारी हुने व्यहोरा जानकारी गराउनुका साथै सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ ।” रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वभाविक नभएको बताउँदै उनले यसैमा उहाँ अडिनुहुन्छ भन्ने आफूलाई नलागेको जानकारी दिए ।

अहिले साथमा रहेका सत्ता साझेदार दलका बीचमा सरसल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री दाहालले जानकारी दिए । रास्वपालाई अहिलेनै मन्त्रालय छाड्ने विषयमा आफूहरु नपुगेको स्पष्ट पारे । प्रधानमन्त्री दाहालले भने, “रास्वपका अध्यक्ष रवि जीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन । छलफलकै क्रममा भएकाले केही छैन ।” सञ्चारकर्मीको एक प्रश्नको जवाफमा सरकार पाँच वर्ष चल्ने बताए ।


उनले भने, “सरकार पाँच वर्ष चल्छ । यताउता हुन्छ की भन्ने भ्रममा नपर्नु होला ।” आफ्नो निवास शिवनगरमा आयोजना गरिएको सो कार्यक्रममा प्रधानमन्त्री दाहालले खुलेर पत्रकारसँग कुराकानी गरेका थिए । सो क्रममा उनले महाविर पुन आफूसँग सल्लाह नै गरेर माइतीघर मण्डलामा बसेको बताए । बस्नुअघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उनले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको जानकारी दिएका छन ।

प्रधानमन्त्री दाहालले भने, “भेटमा मैले बजेटमा तपाईको माग सम्बोधन गर्न पूरै प्रयास हुन्छ भनें, हिँड्ने समयमा उहाँले माइतीघर मण्डलामा बस्छु है कस्तो हुँदो रहेछ भन्नुभयो । हाँसीहाँसी ।” प्रधानमन्त्री दाहालले थपे, “यस कारण सरकारले वास्ता गरेन भन्ने झुटो कुरा हो । मैले बुझ्दा त सल्लाहमा नै उहाँ बसेको भन्ने बुझेको छु ।” पुनले विकास बजेटको एक प्रतिशत बजेट छुट्याउन अनुरोध गरेका हुन ।

पूर्व लडाकुलाई रकम दिने विषय वि.सं २०७१ को सरकारले गरेको निर्णय भएको र तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र कांग्रेस एवं एमाले सरकार रहँदा छलफल भएर टुङ्गिएको विषय भएको प्रधानमन्त्री दाहालले जानकारी दिएका छन । तत्कालीन समयमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्ने गरी फैसला भएकाले रकम दिन लागिएको खुलासा गरेका छन ।

देशकोे आर्थिक समस्याका कारण किस्ताबन्दीमा लडाकुलाई रकम दिने विषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालबाट सुल्न आएको छ। उनले नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीको आक्रमणमा सत्तारुढ दल लागेको भन्ने कुरा असत्य भएको साथै “तत्कालीन राजा र तीनका समर्थक भन्ने छ त्यो गम्भीर विषय हो ।” अर्को खेलकुद क्षेत्रको बिकासमा सरकारले प्राथमिकता दिएको र सरकारले कृषि उत्पादन, रोजगारी र युवा लक्षित कार्यक्रमलाई बजेटमा जोड दिने जानकारी दिएका छन ।

सम्बन्धित खबर