१५ बैशाख २०८०, शुक्रबार,
दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले बुढेस कालमा लाग्ने सामान्य बिमारलाई लिएर राष्ट्रपति अस्वभाविक वैदेशिक उपचार यात्रामा गएको भन्दै आपत्ति जनाएका छन् ।
आज शुक्रवार काठमाडौंमा आयोजित वागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा राखेका हुन् । चिकित्सकले रिफर नगर्दा समेत जहाज चार्टड गरी विदेश लैजानु अस्वाभाविक भएको लिङ्देनको भनाइ छ । लिङ्देनले विकासमा लगानी घटाउन खोजिरहेको सरकारले लडाकुलाई २–२ लाख रुपैयाँ बाँड्ने निर्णय गर्नु गैर जिम्मेवारीपन भएको जानकारी दिएका हुन् । लिङ्देनले सरकार श्रोतमा हात हाल्न पाउने बित्तिकै ब्रह्मलुट मच्चाउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । लिङ्देनले यस्ता नकारात्मकतालाई रोक्न राप्रपा बलियो बन्नुपर्ने जानकार दिए ।
लिङ्देनले भने, ‘राष्ट्रपतिलाई सामान्य बुढ्यौलीमा लाग्ने बिमारलाई डाक्टरहरूले रिफर गरेकै थिएनन्, जहाज चार्टड गरेर विदेश लानुपर्ने, जुन अस्वभाविक खालको वैदेशिक उपचार यात्रा, अहिले फेरि लडाकुलाई राहत, जबकी सरकार आफैँ भन्छ, विकासमा कुनै बजेट दिन सकिँदैन, पैसा छैन भन्छ, निर्माण व्यवसायीलाई काम गरेको मात्रै ६० अर्ब बढी रुपैयाँ छ यस्तो बेला राष्ट्रपतिको महँगो औषधि उपचार यात्रा, लडाकुलाई दिएको पैसा, उनीहरू कहाँ पुगिसके, कति बितिसके, राज्य श्रोतमा हात हाल्न पाउने बित्तिकै ब्रह्मलुट मच्चाउने षड्यन्त्रमा लागेको छ सरकार, यसलाई रोक्न राप्रपा जस्तो दलहरु बजबुत हुनुपर्छ । सारा नकारात्मकता त्यागेर अघि बढ्नुपर्छ ।’
अध्यक्ष लिङ्देनले उपनिर्वाचनलाई राप्रपाले प्राथमिकता नदिएको कारण पनि राम्रो मत आउन नसकेको स्पष्ट पारेका छन् । उनले जनता विकल्पको तयारीमा रहेको स्पष्ट जानकारी दिएका छन ।
© 2023, Online Bulletin