झुकिएर पनि खान नहुने


Krishna Budhathoki

बुधबार, चैत्र १, २०७९

सामाजिक सञ्जालमा आज भोलिको चर्चा, अहिले बजारमा एक जम्बो mountain dew काे खरिदमा 250ml एउटा इनर्जी ड्रिंक्स को रूपमा STING भन्ने पेय पदार्थ free मा दिने रहेछ । जसको अधिकतम खरिद मूल्य 50 कायम गरिएको रहेछ ।

घरमा एउटा सानो कार्यक्रम मा हाम्रो घरमा पनि आइपुग्यो ।

बच्चाहरूको नजरमा पर्यो । सानो चिटिक्क परेको बेग्लै खालको देखेर बच्चाहरु पनि झुम्मियो ।

नयाँ भएकोले के रहेछ जिज्ञासा जागेर बोतलमा लेखेको पढे ।

लेखेको रहेछ ।

उच्च मात्रामा क्याफिन को प्रयोग भएको रहेछ । जसको कारणले बच्चाहरु, गर्भवती महिला, अनि दूध खुवाउने महिला र क्याफिन को इलेर्जी हुनेले खाँदै नखानु भनेको रहेछ ।

अझै सानो अक्षरमा लेखिएको छ कि । एउटा जवान व्यक्तिले बढीमा 500ml मात्र यानकी दुई वटा सम्म खान सुझाव दिएको छ ।

यति पढेपछि मैले बच्चाहरु नखुवाउनु अनि धेरै नखान घरपरिवारलाई त सुझाव दिए । त्यो कुरा सकियो ।

तर एक दुई दिन पछि एक भोजमा सामेल हुँदा देखें कि धेरै जसो बच्चाहरूको हात हातमा त्यही energy drinks देखें । कुरा बुझ्दै जाँदा dew मा फ्री मा आएको भएर जो जसलाई मन पर्छ लिएर खाँदा हुने रहेछ ।

आकर्षक बोतल भएर बच्चाहरु लोभिएको देखें ।

दुईचार जना बच्चालाई भने नखानु भनेर । तर एउटा अन्जान मान्छेले भनेको के नै मान्ला र ?

कोही कोही अभिभावकलाई पनि नखुवाउँदा हुने भनेर डिटेल भन्दा मान्दै मान्दैन के गर्नु है भन्दै कुरा तारेको पाइयो ।

क्याफिन त कफी मा पनि पाइन्छ, साधारण हाम्रो चिसोको रूपमा सेवन गर्ने पेय पदार्थमा पनि पाइन्छ ।

कुरा त कति सम्म क्याफिन हाम्रो शरीरलाई ठीक छ भन्ने कुरा हो ।

केही समय अगाडि नेपालमा रेड बुल लाई ब्यान्ड गरिएको थियो । अहिले सम्म ब्यान्ड नै छ ।

मलाई लाग्छ त्यो पनि उच्च मात्रामा क्याफिन कारणले जस्तो लाग्छ ।

अब फेरि बजारमा फ्री मा नयाँ स्वाद चखाउन ल्याएको छ । यसको बजारमा प्रगति अनुसार केही समयमा छुट्टै नै बिक्री वितरण अवश्य नै हुनेछ ।

सरकारी मापदण्ड अनुसार कति सम्म ठीक छ त्यो त थाहा छैन तर जसको लागि खान नहुने हो । तिनीहरूबाट चाहिँ टाढै राख्दा राम्रो । कतिलाई साधारण चिसो जुस नै हो भनेर बच्चाहरूलाई दिएको हुन सक्छ ।

अलि बुझेर मात्र प्रयोग गर्दा राम्रो हुने हो जस्तो लाग्छ । आफ्नो या आफ्नै अगाडि कसैको नराम्रो केही नहोस् ।

सम्बन्धित खबर