बुधबार, २४ फागुन २०७९, दोलखा । परिवर्तनशिल यूवा समाजका प्रमुख कृष्ण बहादुर बुढाथोकीले आज नारी दिवशका दिन महिला सशक्तीकरणका लागि नारी पुरुष दुवैले हातेमालो गरेर अघि बढ्दा देशको आर्थिक, राजनितीक स्थितिमा परिवर्तन आउने जानकारी दिएका छन।
आजको २१औँ यूगमा पनि भेदभाव मात्र गरि रहने हो भने दिगो विकास तर्फ होइन पूर्वकालबाट चलि चलाउमा कुनै परिवर्त नआएको साथै उन्नतीको बाटो रोज्न, खोज्न नसकिएको भन्न सकिन्छ । आजका ति तीन तहले पनि साथ र सहयोग गर्ने तर्फ अघि बढ्नु पर्ने आवश्यक देखिन्छ ।
८ मार्च, अर्थात् ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै दोलखा जिल्ला मेलुङ गाउँपालिका वडा नं. १मा सञ्चालन रहेको संस्था परिवर्तनशिल यूवा समाज नेपालका प्रमुख बुढाथोकीले विविध क्षेत्रका परिवर्तनहरुलाई संस्थागत गर्दै समाजमा हुँदै आएको हिंसा र अन्यायको अन्त्यका लागि सबै वर्ग, समुदायको समान सहभागिता र योगदान आवश्यक पर्नेमा जोड दिनु पर्ने विश्वास व्यक्त गरेका छन ।
स्थानिय तहले केहि मात्रमा दिगो विकासलाई जोड दिदा महिलालाई पनि साथमा लिएर अघि बढ्न सक्ने आट गर्नु पर्ने बताए ।
उनले लैंगिक समानताका लागि नेपालको संविधान तथा राष्ट्रिय, अन्तराष्ट्रिय कानूनले महिला हक अधिकारलाई सुनिश्चित गरेको बताए । ‘लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदै गरिएको दिवसले पहुँच तथा विकासमा समान सहभागिता गराउँदै अघि बढ्न प्रेरित गर्न सक्नुपर्ने उनको भनाई छ ।
शिक्षा, स्वास्थ्य, सामाजिकीकरण जस्ता विषयलाई मध्यनजर गर्दै महिला सशक्तीकरणमा दरिलो पाइला अगाडि बढाउन सबै क्षेत्रका नारी(पुरुषहरुले हातेमालो गर्दै अघि बढ्नु नितान्त आवश्यक छ,’ उनले भने, लैंगिक विकास र सशक्तीकरणका विविध आयामहरुमध्ये आर्थिक, सामाजिक, राजनीतिक तथा संस्थागत सशक्तीकरण गर्दै सामाजिक विभेद, हिंसा, अन्याय अन्त्य गर्नुपर्ने बताउनुभएको छ । यसका लागि समाजका सबै वर्ग, समुदायको समान सहभागिता र योगदान आवश्यक पर्नेछ ।
‘पितृसत्तात्मक सोचलाई परास्त गर्दै नारीलाई रोजगारीमा अवसर,न्यायमा सहज पहुँच तथा विकासमा समान सहभागिता गराँउदै अघि बढ्न हामी सबैलाई यो दिवसले प्रेरित गरोस्,’ प्रमुखको शुभकामना सन्देशमा उल्लेख छ ।
© 2023, Online Bulletin