नेप्सेमा २६ अंकको गिरावट, १ अर्ब ३३ करोडको कारोबार


Krishna Budhathoki

बिहिबार, फाल्गुन १८, २०७९

विहीबार, १८ फागुन २०७९, दोलखा । लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्सेमा बिहीबार थप २६ अंकको गिरावट भएको छ । 

यस्तै सेन्सेटिभ इन्डेक्स समेत आज ४.८१ अंकले घट्दै ३७३.५६ अंकमा झरेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २६.४८ ले घट्दै १९ सय ६९.०१ अंकको विन्दुमा झरेको हो । 

साताको अन्तिम कारोबार दिन समेत रहेको आज १३ वटा उपसूचक नै ऋणात्मक हुँदै बजार राताम्मे हुन पुगेको छ । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ४.२९ प्रतिशतले वृद्धि भएको छ भने ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ७ प्रतिशतले गिरावट आएको छ । 

उसो कारोबार रकम समेत घटेर आज १ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ बराबरको ३६ लाख ५७ हजार १५४ कित्ता सेयर कारोबार भएको छ । 

सम्बन्धित खबर