माघ २३, दोलखा ।
केशव सेवा (सामाजिक सञ्जाल )- देश लामाे समय देखि राजनैतिक अस्थिरता कारणले खासै कुनै बिकासले गति लिन सकेकाे छैन फलश्वरुप लाखौंको संख्यामा युवा शक्ति पलायनको बाटाे राेज्न बाध्य छन ।
राजनीतिक र प्रसासनिक क्षेत्र अस्तबेस्त हुदा जनताको जनजिबिकामा प्रत्क्षय असर परिरहेको छ हुनत केहि नयां अादर्श बिचार , र कार्ययाेजना बाेकेर अब केहि गर्नु पर्छ भनेर उदाहरणीय अाशा देखाउदै केहि दल र युबाहरु अाएका छन् तर काम गर्न का लागि सहज छैन। यधपि , अाफ्नाे हालिमुहालि सजिलै सुम्पने मनस्थितिमा ठुला भनाैदा दल तयार देखिदैनन् फलश्वरुप ईनिहरुबाट जनताले के अाशा र भराेसा राख्ने र ??
केहि परिवर्तन गर्छु भनेर अाउने ब्यक्तिहरुमा न्यायलयकाे हस्ताक्षेप देखेर जनता निराश छन,। हुन त याे कुनै नाैलाे कुरा पटक्कै हाेईन। हिजाे राजनैतिक दल असक्क्षेम भएको स्ईकार गर्दै ।जुन राज्य सता या भनाै देशकाे नेतित्वब पनि प्रधान न्यायाधीश खिलराज रेग्मीलाई सुम्पेको कुरा सारा दुनियाँलाई अबगतै छ।यधपी , निर्वाचन अायाेग काे सानाे कम्जाेरिले चितुवान (2) मा उप निर्वाचन गराउनु पर्ने भयकाे छ । निर्वाचन अायाेग काे अनुमानित खर्च झण्डै ( 29 ) कराेड खर्च हुने देखिन्छ ।याे खर्च कुनै दल वा संस्था बाट खर्च हुने हाेईन ।राज्यकाेष बाट खर्च हुन्छ । यस्ले राज्यलाई ठुलाे अार्थिक भार पर्न जान्छ । यस तर्फ कसैको ध्यानाकर्षण भएकाे पाईदैन। देशमा ठुला ठुला उधाेग निमाण गरेर देशमै हजाराै काे संख्यामा राेजगार दिन सक्ने कुरामा कसैको ध्यान गयकाे पाईदैन । पैसा र पावर काे भरमा कतिन्जेल जनता चुस्छाैउ , अनि भन्छाै अब बिकास हुन्छ । बिकास कसरि हुन्छ । तिमिहरुलाई थाहा छैन ।सिंहदरबार र बालुवाटार का सुविधा सम्पन्न महल बाट कस्टकर जिवन गुजारा गरिरहेका सामान्य जनताका अावज सुनिदैन याद रहाेस,,
© 2023, Online Bulletin