मंसिर २७ गतेदेखि आइपिओ निष्कासन गर्दै एशियन हाइड्रोपावर, कसले दिन पाउँछन् आवेदन?


Krishna Budhathoki

आइतवार, मंसिर १८, २०७९

काठमाडौं, मंसिर १८ 

एशियन हाइड्रोपावरले मंसिर २७ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँ प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ३ लाख ४० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो।

जसमध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं १०, माई जोगमाई गाउँपालिका वडा नं ३ र ४ तथा सूर्योदय नगरपालिका वडा ११ का स्थानीय बासिन्दाहरूका लागि ४० प्रतिशत अर्थात् १ लाख ३६ हजार कित्ता र आयोजना अति प्रभावित क्षेत्र बाहेकको इलाम जिल्लाका अन्य क्षेत्रहरूमा बसोबास गर्ने बासिन्दाहरुका लागि बाँकी ६० प्रतिशत अर्थात् २ लाख ४ हजार कित्ता सेयर छुट्याइएको छ।

त्यस्तै, कम्पनीले सर्वसाधारणमा निष्कासन हुनेमध्ये १० अर्थात् ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याएको छ।

उक्त सेयर पुस १२ गतेसम्म बिक्रीमा रहनेछ। उक्त अवधिमा सम्पूर्ण कित्ता सेयर बिक्री नभएमा स्थानीय बासिन्दाले भने पुस २७ गतेसम्म आवेदन दिन सक्नेछन्। 

यो सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ। 

कम्पनीको आइपिओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। 

स्थानीयले बिक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयसँगै एनएमबि बैंक, सिभिल बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएका शाखा कार्यालयसँगै सिडिएस एण्ड क्लियरि लिमिटेडबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। 

कम्पनीको आइपिओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बि इस्यूअर रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ। 

सम्बन्धित खबर