दोलखाको प्रदेश सभा २ मा एमालेका भरत केसी विजयी


Krishna Budhathoki

आइतवार, मंसिर १८, २०७९

काठमाडौं, मंसिर १८

दोलखाको प्रदेश सभा क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी विजयी भएका छन्।

उनले नेपाली कांग्रेसका उम्मेदवार बर्मा लामालाई हराएका हुन्।

केसीले १९ हजार चार सय १४ मत ल्याएका छन् भने लामाले १७ हजार पाँच सय ९५ मत ल्याएका छन्। 

एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको दोलखामा प्रतिनिधि सभातर्फ मतगणना भने जारी छ।

अहिलेसम्म एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी माओवादीका उम्मेदवार गंगा कार्कीभन्दा अघि छन्।

सम्बन्धित खबर