मतदान स्थलमा यसरी लगिँदैछ सामग्री (तस्बिरहरू)


Krishna Budhathoki

बिहिबार, मंसिर १, २०७९

काठमाडौं, मंसिर १

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आवश्यक पर्ने सामग्रीहरू मतदान स्थलमा लगिएका छन्।

दुर्गम ठाउँहरूमा केही दिन अघि नै मतदान सामग्री पुर्‍याइसकिएको थियो भने काठमाडौंमा हिजोआज सामग्रीहरू पठाइएका छन्।

निर्वाचनमा खटिएका कर्मचारीलाई आयोगले मतदानका सामग्री हस्तान्तरण गरी पठाएको हो।

निर्वाचन आयोगले अधिकांश मतदान स्थल विद्यालयहरूमा राखेको छ। मतदान स्थल र केन्द्र रहेका विद्यालयहरूमा मंसिर २ गतेदेखि ५ गतेसम्म सार्वजनिक बिदा दिइएको छ।

निर्वाचन आयोगले मंसिर ४ को चुनावका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताएको छ।

निर्वाचनका लागि आज राति १२ बजेसम्म दल तथा उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउँछन्। त्यसपछि स्थिर अवधि सुरू हुने आयोगले जनाएको छ।

मंसिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानका लागि समय दिइएको आयोगले जनाएको छ।

तस्बिरहरू:

सम्बन्धित खबर