भोजपुरमा बिस्फोट गराउने विप्लवका कार्यकर्ता


Krishna Budhathoki

बुधबार, कार्तिक ३०, २०७९

काठमाडौं, कात्तिक ३०

भोजपुरमा विस्फोट गराउने व्यक्ति विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको खुलेको छ।

पौवादुङमा गाउँपालिका-२ तिवारी भञ्ज्याङमा जारी सत्ता गठबन्धनको चुनावी सभानजिकै विस्फोट भएको हो। उक्त विस्फोटबाट एक जना घाइते छन्।

भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार घाइते भएका सुमन श्रेष्ठ विप्लवका कार्यकर्ता हुन्। उनी नेकपाका जिल्ला सदस्य रहेको खुलेको छ।

‘रातो झोलाभित्र टिफिन बक्सभित्र मोबाइल राखेर बिस्फोट गराएको देखिन्छ। अलि कम विस्फोटक पदार्थ रहेको देखिन्छ,’ घिमिरेले भने।

बिस्फोटबाट घाइते भएका उनको सामान्य उपचारपछि प्रहरीको नियन्त्रणमा छन्।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत आउने कार्यक्रम छ।

उनीहरू कार्यक्रमस्थलमा पुगिसकेका छैनन्।

सम्बन्धित खबर