रवीन्द्र मिश्रसँगै घरदैलोमा मनीषा कोइराला


Krishna Budhathoki

मङ्लबार, कार्तिक २९, २०७९

कात्तिक २९, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट उम्मेदवारी दिएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई भोट माग्दै वलिउड चलचित्रमा लामो समय काम गरेकी अभिनेत्री मनीषा कोइराला घरदैलोमा पुगेकी छन्।

पछिल्लो समय राप्रपाका आमसभाहरूमा सम्बोधन गर्ने गरेकी मनीषा मंगलबार बिहान काठमाडौं क्षेत्र नम्बर १ का विभिन्न ठाउँमा उम्मेदवार मिश्रसँगै घरदैलोमा पुगेर भोट मागेकी हुन्।

कोइराला आज झापा जाँदैछिन्। घरदैलोका क्रममा बबरमहलमा आयोजित कोण सभामा मिश्रले कोइरालाप्रति आभार व्यक्त गरेका छन्।

‘धेरैले बिपी कोइरालाको आदर्शलाई बिर्सेर हिँडिराखेको बेलामा त्यसलाई अटल राख्नुपर्छ। त्यसबाट मात्र यो देशको हित र भलो हुन्छ,’ मिश्रले भने, ‘बिपीले बोलेको आदर्श नै यो देशका लागि सबैभन्दा उपयुक्त आदर्श हो।’

मनीषा बिपीको नातिनी हुन्। ‘एकचोटी फेरि उहाँ (मनीषा) को हजुरबुवा (बिपी) लाई सम्झनुपर्ने आवश्यकता छ। जसले अत्यन्तै प्रतिकूल अवस्थामा र आफ्नो सरकार भंग वा जेलमा बस्दा पनि देशलाई हितमा राखेर हिँड्नुभयो,’ मिश्रले भने, ‘यो देश बन्यो भने हामी सबै बन्छौं।’

सम्बन्धित खबर