कच्चा तेलको मूल्य रसिया-युक्रेन युद्ध यताकै सस्तो


Krishna Budhathoki

शुक्रबार, साउन २०, २०७९

साउन २०, दोलखा । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार यी दुई राष्ट्रबीच युद्ध सुरू भएयता प्रति ब्यारेल एक सय २४ डलरसम्म पुगेको कच्चा तेलको मूल्य बिहीबार ९४ डलरसम्ममा आएको छ। 

कच्चा तेलको मूल्य रसिया युक्रेनबीचको युद्ध यताकै न्यून भएको छ। 

अमेरिकी बेन्चमार्कको रूपमा मानिने वेष्ट टेक्सास इन्टरमिडियट भने प्रति ब्यारल ८९ रुपैयाँसम्मका कारोबार भइरहेको छ। 

बुधबार नै तेल उत्पादकहरूको संस्था ओपेकले सेम्टेम्बरमा दैनिक एक लाख ब्यारलले तेल उत्पादन वृद्धि गर्ने सहमति समेत गरेका थिए।

यसरी दैनिक उत्पादनमा वृद्धि हुने एक लाख ब्यारल विश्वको मागको ०.१ प्रतिशत हो। 

अमेरिकामा स्टकमा रहेको तेलसमेत ४५ लाख ब्यारेलसम्म पुगेको समेत समाचारहरूमा उल्लेख छ। 

भारतले समेत एक महिना यता दुई पटक गरेर नेपाल निर्यात गर्ने तेलमा ३२ रुपैयाँ घटाई सकेको छ। 

यसअघिका नोक्सान समायोजन गर्ने उद्देश्यले आयल निगमले भने दुई पटक नै मूल्य समायोजन गरेको छैन।

सम्बन्धित खबर